बजेट अधिबेशन सुरु, जेठ २ मा नीति तथा कार्यक्रम
काठमाडौं २६ बैशाख । संघीय संसद्को छैटौँ अधिवेशन शुरु भएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाएर बैठक सुरु गरिएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य समेत दिएका छन् । यसैबीच कोरोना भाइरसको त्रासका बीच संसदको बर्षे अर्थात बजेट अधिवेशनका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सवै सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब परिक्षण गरिएको थियो । उनीहरुकोे रिपोर्ट नेगेटिभ आएपछि बैठकमा प्रबेश दिइएको थियो । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुनेछ । बजेटका प्राथामिकता तथा सिद्धान्त पेश गर्नेछ । प्रि–बजेट छलफल प्रतिनिधिसभामा तीन दिन र राष्ट्रिय सभामा दुई दिने हुनेछ । प्रतिनिसभामा वैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रिबजेट छलफल हुनेछ । सरकारले आर्थिक सर्वेक्षण भने जेठ १३ गते पेश गर्ने छ । जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #बजेट अधिबेशन सुरु
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्