पछिल्लो २४ घण्टामा भेटिएनन् कारोना संक्रमित
काठमाडौं २५ बैशाख । पछिल्लो २४ घन्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९९ जना कोरोनभाइरस संक्रमित फेला परेका छन् जसमध्ये ७१ जना पुरुष र २८ जना महिला छन् । नेपालमा हालसम्म ६८ हजार ६ सय २ नमूना परीक्षण भएको छ । जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५ सय ९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । गत २४ घन्टामा १ हजार ४ सय ५१ नयाँ नमूना परीक्षण गरिएको छ । सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ६ हजार ५ सय ५९ प्रदेश २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकीमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३ परिक्षण भएका छन् । त्यस्तै, प्रदेश कर्णालीमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ परीक्षण भएका हुन् । त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३ सय ७२ पुगेको छ । रेड जोनमा ३ सय ३५ जना पुगेका छन । यस्तै आइसोलेसनमा १ सय ३३ जना छन् भने जसमा उपत्यकाभित्र ३ र उपत्यका बाहिर १ सय ३० जना छन । नेपालमा कोभिड–१९ को हटस्पट देखिएका उदयपुर ५ सय थान किट र वीरगञ्ज र नेपालगञ्जमा थप १–१ हजार किटसहित स्वास्थ्य टोली पठाइएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कारोना संक्रमित
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्