Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

सुदुरपश्चिम र गण्डकी प्रदेशमा कोरोना परिक्षण तिब्र


काठमाडौं १८ बैशाख । सुदुरपश्चिममा १६ हजार २ सयको कोरोना परिक्षण गरिएको छ । फागुन १ गतेदेखि सुुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण सुरु गरिएको थियो । साढे दुई महिनामा दुबै विधीबाट १६ हजार दुई सय एक जनाको कोरोना परीक्षण भएको जानकारी गराइएको हो । पीसीआर विधीबाट दुई हजार सात सय ९० जनाको परिक्षण र १३ हजार चार सय ११ जनाको र्यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, प्रदेशभर पाँच हजार चार सय ३५ र्यापिड टेस्ट किट मौज्दात पनि बताइएको छ । प्रदेशमा ५ जनाका कोरोना पोजेटिभ देखिएकोमा ४ जना उपचार पछि घर फर्किसकेका छन् भने एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

गण्डकी प्रदेशमा हालसम्म ५ हजार ४ सय ११ जनाको आरडिटी परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मात्रै ६८ जनाको आरडिटी परीक्षण भएको छ । पिसीआरका लागि बुधबार थप ४० जना व्यक्तिको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा ६ सय २१ जनाको नमुना संकलन भएकोमा ६ सय १३ जनाको परीक्षण परिणाम नेगेटिभ रहेको निर्देशक विनोदविन्दु शर्माले बताए । उनका अनुसार ७ जनाको परिणाम आउन बाँकी रहेको छ भने २ जना संक्रमित मध्ये दुवै जना निको भएर घर फर्किसकेका छन् । बुधबारसम्म हेल्लो डाक्टर १०९२ मा ७ सय ६० जनाले चिकित्सकीय परामर्श सहितको विशेषज्ञ सेवा लिएकाछन् । यसैगरी गोरखा वेलफेयर ट्रस्ट नेपालले पोखरा स्वास्थ्य विज्ञानप्रतिष्ठानलाई पिपिइ, इन्फारेड थर्मोमिटर र एन ९५ मास्क लगायतका व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #corona

तपाईको कमेन्ट लेख्नुहोस्