सरकारले आन्तरिक ऋण २६ अर्ब ९७ करोड तिर्यो
काठमाडौं १४ बैशाख । सरकारले बैशाख ८ गतेसम्मको २६ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ । २४ अर्ब ५७ करोड ४८ लाख बराबरको ट्रेजरी बिल र २ अर्ब ४० करोड बराबरको आन्तरिक ऋण पत्र तिरेको हो । सरकारको ५ खर्ब १५ अर्ब ९९ करोड ७१ लाख आन्तरिक ऋण छ । जसमा १ खर्ब ४७ अर्ब २१ करोड ८१ लख बराबरको ट्रेजरी बिल , ३ खर्ब ५९ अर्ब ९४ करोड ७० लाख बराबरको विकास ऋणपत्र, ८ अर्ब ३७ करोड ६२ लाख बराबरको नागरिक बचतपत्र तथा ४५ करोड ५८ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र रहेका छन् । आर्थिक वर्ष २०७६ र ७७ मा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा २०७७ बैशाख ८ गतेसम्म २५ अर्ब बराबरको ट्रेजरी बिल, ६५ अर्ब बराबरको विकास ऋणपत्र र ४२ लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल ९० अर्ब ४२ लाख २० हजार रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सरकारले आन्तरिक ऋण
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्