बस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं १३ बैशाख । काठमाडौँबाट उदयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन । काठमाडौंबाट शुक्रबार बेलुका विद्यार्थी र मजदुर लिएर उदयपुर जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस बर्दिबासमा दुर्घटना हुँदा बसका सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्मा रहेका छन भने घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ । बसमा जम्मा ३५ यात्रु थिए । तीमध्ये ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वयमा अर्को बसमा पठाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #बस दुर्घटना
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्