बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं १३ बैशाख । काठमाडौँबाट उदयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन । काठमाडौंबाट शुक्रबार बेलुका विद्यार्थी र मजदुर लिएर उदयपुर जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस बर्दिबासमा दुर्घटना हुँदा बसका सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्मा रहेका छन भने घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ । बसमा जम्मा ३५ यात्रु थिए । तीमध्ये ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वयमा अर्को बसमा पठाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #बस दुर्घटना
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्