लकडाउनको ३२ औंं दिन
काठमाडौं १२ बैशाख । सरकारले घोषणा गरेको लकडाउनको आज ३२औं दिन । आजपनि राजधानी काठमाडौंसहित देशभर विहानैदेखि सुनसान छ । फाट्टफुट्ट अत्यावश्यक क्षेत्रका व्यक्ति र सवारी साधनको चहलपहल भएपनि तुलनात्मकरुपमा पहिले भन्दा कम मानिस बाहिर निस्केका छन् । सरकारले लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ४ घण्टा उभ्याएर कारबाही गर्ने भएपछि सडकमा निस्किनेहरु घटेका हुन् । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिने प्रहरीले जनाएको छ । अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रमले आज पनि निरन्तरता पाएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । चौथो चरणको लकडाउन बैशाख १५ गते सकिदैछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #लकडाउनको ३२ औंं दिन
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्