विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ५५ हजार नाघ्यो
काठमाडौं १० बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ५५ हजार नाघेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार पुगेको छ । यस्तै, ६ लाख ९० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २७ सय ८२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८ सय २८ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा इटालीमा ५ सय ३४, फ्रान्समा ५ सय ३१, स्पेनमा ४ सय ३० र जर्मनीमा २ सय २४ जनाको मृत्यु भएको छ ।
अमेरिका र युरोपमा संक्रमणको दर नघटेकाले चिन्ता झन बढाएको छ । त्यस्तै कोरोनाको त्राससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा लगाएको प्रतिबन्ध ६० दिनका लागि प्रतिबन्ध लगाएका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरुका लागि मात्रै हुने पनि ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु नहुने जनाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अनेत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाई छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #विश्वभर कोरोना
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्