गुल्मीमा आगलागी हुँदा एक जनाको मृत्यु
काठमाडौं ८ बैशाख । गुल्मीको चन्द्रकोटमा किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो। आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएका छन् । पसलबाट डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले आगो निभाउन समय लागेको प्रहरीले जनाएको छ। आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #aagalagi
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्