Techie IT
  • १८ असार २०८२, बुधबार
KhojPatrika

गुल्मीमा आगलागी हुँदा एक जनाको मृत्यु


काठमाडौं ८ बैशाख । गुल्मीको चन्द्रकोटमा किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो। आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएका छन् । पसलबाट डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले आगो निभाउन समय लागेको प्रहरीले जनाएको छ। आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #aagalagi

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं