लकडाउनमा बैंकका शाखाहरु खुलेपनि सेवाग्राहीलाई सास्ती
काठमाडौं ४ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले जारी गरेको लक डाउनको असर बैंक तथा वित्तिय क्षेत्रमा पनि परेको छ । लकडाउनका कारण सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्नलाई समेत कठिनाई कठिनाई परेको छ । एर्कोतर्फ बैंकहरु निश्चित समय खुल्ने भएकाले बैंकमा पैसा झिक्नेहरुको भीड लाग्ने गरेको छ । सरकारले गरेको लकडाउनका कारण कुनै पनि नागरिक अनुमतिबिना आफूले चाहेको ठाउँमा आवत–जावत गर्न पाउदैनन् । यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न पाउन भनेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन निर्देशन दिएको थियो । तर, बैंकका शाखाहरु खुलेपनि कारोबार गर्न कठिनाई भइरहेको छ । बैंकले विहान १० बजेदेखि दिउसो १ बजेसम्म मात्रै बैंकिङ कारोबार खुला गरेपनि सो समयअबधिभरमा पैसा निकाल्न कठिनाई भएको दुखेसो उपभोक्ताहरुको छ । नेपाल बैंकले प्रत्येक स्थानीय तहमा कम्तीमा १ वटा शाखा बिहान १० बजेदेखि दिउँसो साँढे १ बजे सम्म पैसा झिक्न र जम्मा गर्नको लागी मात्र खुल्ला गर्नका लागि परिपत्र नै जारी गरेको थियो । तर, सो समयभित्र बैंक पुग्नका लागि सुरक्षा निकायबाट विच बाटोमै रोक्ने गरेको र बैंक जान नपाएको दुखेसो उपभोक्ताको छ । नेपाल इभेष्टमेन्ट बैंक, प्रभु बैंक, हिमालय बैंकको पुतलीसडक क्षेत्रमा खुलेका छैनन् । नेपाल बंगलादेश बैंक पनि खुलेको छैन् । अधिकांश बैंकहरुले काठमाडौं जिल्ला प्रशासनबाट सेवा शुचारु गर्न पास लिएपनि पास अन्य काममा प्रयोग गरी दुरुपयोग गरेको आरोप बैंकहरुलाई लागेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बिगतमा झै दैनिक रिपोर्टिङ गर्ने कामलाई सुचारु गर्न निर्देशन दिएको छ । चैत १२ गते कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङ परिस्थिति सामान्य भई कार्यालय नियमित रुपमा खुलेको जानकारी गराउन निर्देशन दिएपनि सवै बैंकहरु भने खुलेका छैनन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ट्याग : #बैंकका शाखा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्