डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
डोटी ४ बैशाख । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर २ खुल्लेखमा खाद्यन्न पुर्याएर फर्किने क्रममा से २ त ३५४३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा २२ बर्षीय कैलाश बोगटीको मृत्यु भएको हो। पुरानीबगर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ट्याक्टर सडकबाट झण्डै दुई मिटर तल खसेको छ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्