७६ दिनपछि चीनको ऊहानमा लकडाउन खुल्यो
काठमाडौं २६ चैत । कोरोना भाइरस अर्थात् कोभिड–१९ को इपिसेन्टर चीनको ऊहानमा ७६ दिनपछि लकडाउन खुलेको छ। कोरोनाको त्रासमा लकडाउन भएको ऊहान क्षेत्र सामान्य बन्न थालेको छ । ऊहानको अन्य प्रान्तसँगको बोर्डर भने केही दिनपछि मात्र खुला गरिने छ । संक्रमण पूर्ण निर्मूल नहुन्जेलसम्म अझै पनि ऊहानका केही स्थान र कार्यालयमा केही प्रतिबन्ध भने जारी राखिने बताइएको छ । बुधबारदेखि हुबेइ प्रान्तको राजधानी ऊहान स्वस्थ नागरिक र आगन्तुकलाई अन्य प्रान्तमा जान अनुमति दिइएको छ। रेल, उडान र राजमार्ग पनि खुला गरिएको छ । १ करोड १० लाख जनसंख्या भएको ऊहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। गत जनवरी २३ देखि यो सहरलाई चीन सरकारले सिल्ड गरेको थियो, जसले गर्दा अन्य सहरमा यो महामारी फैलन पाएन। ऊहान यातायात खुला राख्नुलाई कोभिड–१९ विरुद्ध चीनले गरेको कामको मुख्य उपलब्धिका रुपमा लिइएको छ। केही दिनयता चीनमा कोभिड–१९ संक्रमित बिरामीको संख्या शून्य हुँदै आएको छ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #चीनको ऊहानमा लकडाउन खुल्यो
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्