टोकियो ओलम्पिक खेलकुदको दीप प्रज्वलन प्रदर्शनी कार्यक्रम स्थगित
काठमाडौं २६ चैत । जापानले टोकियो ओलम्पिक खेलकुदको दिप प्रज्वलनको प्रदर्शनी स्थगित गरेको छ । कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी बन्द गरिएको हो । कोरोनाकै कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको दिप फुकुशिमा प्रान्तमा प्रदर्शनीका लागि राखिएको थियो । प्रधानमन्त्री सिन्जो आबेले रोकोना रोकथामका लागि टोकियोसहित ७ प्रान्तमा संकटकालको घोषणा गरेका थिए । जसको कारण दिपको प्रदर्शनी रोकिएको हो । एक वर्ष स्थगित विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यहिँ जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम टोकियो ओलम्पिक गेम्स २०२० नै रहने भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #जापानले टोकियो ओलम्पिक खेलकुद
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्