हाडजोर्नीमा चर्चित सेल्भिले नेपालमा सेवा विस्तार गर्दै

धनवीर दाहाल
काठमाडौं ११ फागुन । हाडजोर्नी सम्बन्धी चर्चित भारतको सेल्भि अस्पतालले नेपालमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापना भएको २५ ओैं बर्ष पुगेको अवसरमा नेपालमा पनि सेवा सुरु गर्न लागेको अस्पतालले जनाएको छ । हाडजोर्नी अप्रेसनमा अहिलेसम्म असफल नभएको भन्दै चर्चा कमाएको उक्त अस्पतालले चाडै नेपालमा सेवा विस्तार गर्न लागेको जनाएको हो । सरोकारवाला पक्षसँग छलफल गर्न नेपाल पुगेको सेल्भिको टोलिले नेपाली जनताको समस्या मध्यनजर गर्दै नेपालबाटै हाडजोर्नी सम्बन्धि सुविधा दिन प्रक्रिया थालेको बताएको छ । विश्वका ३० देशमा सञ्जाल विस्तार गरेको उक्त अस्पतालले एक लाख सफल अप्रेसन गरेको समेत बताएको छ । नेपालमा उपलब्ध नभएको हाडजोर्नी सम्बन्धी आधुनिक सेवा विस्तार हुने अस्पतालको दाबी छ । सेल्भि अस्पतालका डाइरेक्टर भरत गेजरले हाडजोर्नी अप्रेसन गरेको तीन देखि चार घण्टामा मान्छे हिड्न सक्ने आधुनिक अप्रेसन हुने जानकारी दिए । उनले भने हामीले अरुको केही पनि प्रयोग गर्दैनौं सबै हाम्रै प्रविधि हो । सेल्भिको सेवा विस्तारमा एक्सपोलर हेल्थकेयर नेपालले सहकार्य गर्ने बताइएको छ । मेडिकल पर्यटन ,मेडिकल शिक्षा ,मेडिकल तालिम आदि विषयमा नेपालमा काम गर्दै आएको उक्त एक्सपोलर हेल्थकेयर कम्पनीका डाइरेक्टर कृष्ण पाण्डेले चाँडै सेवा विस्तार हुने बताए । पाण्डेका अनुसार सेल्भि अस्पताल नेपालमा आउनु भनेको मेडिकल पर्यटनको लागि पनि महत्त्वपूर्ण सहयोग हुने दाबी गरे । पाण्डेका अनुसार सेल्भिले नेपालका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा दिने छ । नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिमका साथै अस्पतालहरुको क्षमता विकास गर्न पनि सहयोग गर्ने सेल्भिले लक्ष्य लिएको छ । अस्पतालका सिनियर डाक्टर कल्पेश साहले सेल्भिका सेवा विश्वभर विस्तार गर्दै लैजाने योजना सुनाए । उनले अस्पताल विश्वमै नमुना भएको भन्दै अप्रेसन अहिलेसम्म एउटा पनि असफल नभएको दाबी गरे । विश्वभर हाडजोर्नी अप्रेशनमा सेल्भिको चर्चा प्रमुख स्थानमा रहेको डाक्टरहरुले बताए । नेपालमै यो अस्पतालले सेवा विस्तार गरेमा भारत जाने खर्च बच्नुका साथै भाषाको समस्या तथा ठगिनबाट बच्ने समेत अपेक्षा गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #सेल्भि अस्पताल
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्