Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

फितलो बन्दै भ्रमण वर्ष


काठमाडौं २७ पुस । नेपाल भ्रमण वर्ष सन् २०२० जनवरी १ देखि सुरु भयो । औपचारिक कार्यक्रम ठिकै भयो । अर्थात चर्चा गरिए जति भव्य हुन नसकेको भन्दै असन्तुष्टीहरु पनि देखियो । तर नागरिकले राष्ट्रकै कार्यक्रमको रुपमा ग्रहण गरेर समर्थन जनाए । सामाजिक संजालमा नागरिकले गर्न सक्ने जति योगदान गरेकै देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भमण वर्ष सफलताको कामना गर्दै सरकारलाई शुभकामना दिएको छ । अन्य दलहरुले पनि समर्थन गरेका छन् । तर सरकार आफैँले गर्ने काम भने प्रभावकारी देखिएको छैन । पर्यटकीय स्थलको व्यवस्थापनदेखि भौतिक संरचना निर्माणमा सरकारले ध्यान दिएन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि निकै मिहिनेत त गरेका छन् तर स–साना कुरामा हेलचेक्र्याई गर्दा आलोचित हुने गरेका छन् । नेपाल भ्रमण वर्षको प्रचार गर्न अष्ट्रेलिया पुगेका मन्त्री भट्टराईले उचित समयमा उचित कार्यक्रम गर्न नजानेको भनेर आलोचना भयो । आगलागिले संकट निम्त्याएका बेला भ्रमण वर्षको कार्यक्रम गर्न अष्ट्रेलिया नगएको हुन्थ्यो भन्ने तर्कले भट्टराईलाई खिन्न बनाएको हुन सक्छ । नेपाल भ्रमण वर्ष २०२० को संयोजक बनाइएको उद्योगि सुरज वैद्य अनुभवि र ज्ञान भएका व्यक्तिमै पर्छन् । तर, उनको भूमिका पनि प्रभावकारी नभएको आरोप लागेको छ । स्वयम वैद्यले पनि सुधार गर्नु पर्ने कुराहरु धेरै भएको स्वीकार गरेका छन् । विश्वमै भ्रमणमा कमि आएको बताउँदै वैद्यले छिमेकी देशबाट धेरैभन्दा धेरै पर्यटक ल्याउने प्रयास गरिएको बताए । वर्षभरीमा २० लाख पर्यटकले नेपाल भ्रमण गर्नेमा वैद्य विश्वस्त देखिन्छन् । निजी क्षेत्रका पर्यटन व्यवसायी पनि सरकारको कामप्रति सन्तुष्ट छैनन् । सरकारले यस वर्ष पर्यटन क्षेत्रको विकास गर्न २ अर्ब ६८ करोड छुट्याएको छ । नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ । पर्यटक नेपाल आउने विगतभन्दा फरक आधार केही पनि तय भएको पाइदैन । सम्भावनाको भरपूर प्रयोग र कमी कमजोरी सच्याउने हो भने नेपाल भ्रमण वर्ष सफल हुन सक्छ ।


क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, समाचार
ट्याग : #फितलो बन्दै भ्रमण वर्ष

तपाईको कमेन्ट लेख्नुहोस्