बालाजु औद्योगिक क्षेत्रमा अध्यक्ष र महाप्रवन्धकबीच कुटाकुट
काठमाडौं २४ पुस । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडमा अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रवन्धक सुवास सिटौलाले कुटाकुट गरेका छन् । आइतबारदेखि बालाजु औद्योगिक क्षेत्रमा तनाव हुदै आएको छ । बिगतदेखि नै उद्योगमा बस्नेत र सिटौलाबीच टसल थियो । तर, अध्यक्ष बस्नेतले महाप्रवन्धक सिटौलाको कार्यकक्षमै आइतबार ताला लगाइदिएपछि विवाद झन्ै उत्कर्षमा पुगेको छ । सर्वोच्च अदालतले २०७४ असार २५ गते सिटौलालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्न विपक्षीको नाममा परमादेश दियो । त्यसपछि २०७५ माघ २५ मा सरकारले सिटौलालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय ग¥यो । सिटौला नियुक्त हुनुअघि बस्नेतले नै महाप्रवन्धकको पनि काम गर्दे आएका थिए । २०७६ असोज २७ गते ६५ बर्षको उमेरहद सकिएको भन्दै जव अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गर्दै अवकाश पत्र थमाइदिए तव दुबैको गुटबन्दी सुरु भयो । अध्यक्ष बस्नेत कानुन अनुसार नै आफूले धन्यवादको पत्र थमाइदिएको दाबी गरिरहेका छन् । अध्यक्ष बस्नेतले यसो भनिरहदा सिटौला भने उद्योगको महाप्रवन्धक पदका लागि ६५ बर्षिय उमेरहद लागू नहुने बताइरहेका छन् । अध्यक्ष र महाप्रबन्धक दुवै रहँदा करोडौंको अनियमितता गरेको आरोप बस्नेतमाथी सिटौलाले लगाइरहेका छन् । अध्यक्ष बस्नेतले कानुन बिपरित आफनो कार्यकक्षमा ताला लगाइदिएको उनको दाबी छ । दुबैको आ–आफनो दावी र अहमताले औद्योगिक क्षेत्रमा कर्मचारी समेत दुई कित्तामा बिभाजित भएका छन् । कसैलाई अध्यक्षले ताला लगाएको मन परेको छैन् भने कसैलाई महाप्रबन्धकको उमेरको चिन्ता छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा सञ्चालक समितिका अध्यक्ष बस्नेतको यो दोस्रो कार्यकाल हो । अदालतको आदेशमा महाप्रवन्धक बनेका सिटौला हुन् या उद्योग मन्त्रालयलाई नै बाइपास गरी दोस्रो पटक अध्यक्ष बनेका बस्नेत । दुबैले कर्मचारी बिभाजित गराएर औद्योगिक क्षेत्रमा ताण्डब मच्चाइरहेका छन् । एकले अर्कोलाई आरोप लगाइरहदा जिल्लाबाट राजधानी कामका लागि आएका कर्मचारी समेत बस्नेत या सिटौला को बाट काम गराउने भन्ने अलमलमा परेका छन् । अध्यक्ष बस्नेतलाई पूर्व एमाले र महाप्रवन्धक सिटौलालाई पूर्व माओवादी पक्षले काखी च्याप्दा बिबादले झनै् उग्र रुप लिइरहेको छ । दर्जनौं उद्योग तथा कलकारखानामा राजनीति घुसाएर तहस नहस बनाएका राजनीतिक नेतृत्वले सबै जसो क्षेत्रलाई कहिले सम्म राजनीतिक अखडा बनाइरहने । राजनीतिक शक्तीको आडमा औद्योगिक क्षेत्रका कर्मचारी भड्काएर गुण्डागर्दी गर्ने छुट अध्यक्ष र महाप्रवन्धकलाई कसले दियो । दुबैमाथी यथासक्य छिटो छानविन होस् ।भिडियो पनि हेर्नुहोस्
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #अध्यक्ष र महाप्रवन्धकबीच कुटाकुट
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्