न्याय माग्दै भौतारिरहेका छन् ३० नर्सिङ बिद्यार्थी

काठमाडौं १० मंसिर । भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले नर्सिङ पढाउने भन्दै ठगेपछि ३० जना नर्सिङका विद्यार्थीहरु चार महिना देखि अलपत्र परिरहेका छन । अन्योलग्रस्त भविष्यको चिन्ताले उनीहरु कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), त कहिले शिक्षा मन्त्रालय, त कहिले भर्ना गर्ने कलेजमा धाइरहेका छन् । तर, उनीहरुको संमस्या समाधान हुन सकेको छैन् । आफ्नो समस्यामा कुनै चासो नदेखाएपछि उनीहरुले मंगलबार कलेज प्रशासन कक्ष र प्रमुखको कक्षमा तालावन्दी गरे । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २०७४ असोजमा कलेजको सम्बन्धन खारेज गरेपनि कलेजले गएको शैक्षिक सत्रमा विज्ञापन गरी ३० जना विद्यार्थीबाट जनही ३ लाख ११ हजार रुपैयाँका दरले असुलेर विद्यार्थीलाई अलपत्र पारेको थियो ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्