सामाजिक संजाल ट्वीटरद्वारा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा
काठमाडौं १४ कार्तिक । सामाजिक संजाल ट्वीटरले राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत जैक डोर्सीले राजनीतिक विज्ञापनले भविश्यमा ठूलो जोखिम ल्याउने सम्भावना देखिएकाले त्यसलाई बन्द गरेको जानकारी दिए । उनले अन्य कारोवारी विज्ञापनलाई भने निर्वाधरुपमा प्रकाशन हुन दिने बताए । उनका अनुसार पछिल्लो समय इन्टरनेटमा विज्ञापनको शक्ति निकै प्रभावकारी हुँदै गएको छ । यसको ठीक विपरित फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने स्पष्ट पारेको छ । ट्वीटरले राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेपछि अमेरिकामा बिभिन्न प्रतिक्रिया निस्किएका छन् । राष्ट्रपति ट्रम्पका चुनावी प्रचार म्यानेजर ब्रेड पास्कलले यसलाई ट्रम्प र कन्जरभेटिभ पार्टीको मुख बन्द गर्ने प्रयास भएको बताएका छन् । ट्रम्पका प्रतिद्धन्द्धी जो बाइडनका प्रवक्ताले भने यो कदम लोकतन्त्रको पक्षमा रहेको बताएका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार बनेकी हिलारी क्लिन्टनले ट्वीटरको निर्णयको स्वागत गर्दै फेसबुकलाई पनि यस्तै निर्णय गर्न सुझाव दिएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #ट्वीटर
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्