महरालाई पुनः अदालत लगिदै
काठमाडौं ६ कार्तिक । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बुधबार पुनः अदालत लगिदै छ । महरालाई म्याद थपका लागि तेस्रो पटक अदालत लगिन लागिएको हो । प्रहरीले महरालाई लागेको आरोपको अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागि महरालाई अदालत पेश गर्ने तयारी छ । आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यस्तै, असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो । त्यसअघि दसैँ बिदामा अदालत बन्द रहेकोले प्रहरीले १० दिनसम्म महरालाई म्याद थपका लागि अदालत उपस्थित गराएको थिएन । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफुलाई बलात्कारको प्रयास गरेको बताएकी थिइन । तर, उनले पछिल्लो समय भने महराले आफुलाई केही पनि नगरेको बताउदै आएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #महरालाई पुनः अदालत लगिदै
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्