Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
KhojPatrika

हवाई टिकटमा सास्ती, मनलाग्दी भाडा


काठमाडौं १४ असोज । नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा दैनिक हजारौ मानिसको आउने जाने गर्दछन् । तर, यो विमानस्थल अस्तव्यस्त छ । भौतिक पूर्वाधारदेखि सेवा सुविधाको दृष्टिले अन्तर्राष्ट्रियस्तरको बनाउन सकिएको छैन । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान संख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै होल्ड हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा कर्माचारीको  व्यवस्थापनमा फितलो भएको बिदेशबाट दशैँमा घर आएका यात्रुलाई सुनाए । जब प्लेनबाट आर्लिएपछि समस्या नै समस्या भएको गुनासो गर्छन् । बैदेशिक रोजगारीमा गएका युवाहरुको गुनासो सुन्दा लाग्छ, अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनमा कहिले परिर्वतन नहुने होकी ? १६ बर्षदेखि दुबइमा बस्दै आएका लोकबहादुर गिरी ३ बर्षमा नेपाल आउदा विमानस्थलको व्यवस्थानमा परिर्वतन नआएको बताए । आफुले ३ घण्टा लाइनमा बस्नु परेको बताए । एउटा ट्रलीको  समेत व्यवस्था नदेखिएको गुनासो गरे । न लाईनको व्यवस्था छ । यस्तै, विमानस्थलमा विमान उडानको तालिकामा डिले भएका कारण आन्तरिक टर्मिनल भवन उड्ने समय कुदै बसेका जेष्ठ नागरिकहरु यस्तै गुनासो गरेका छन् । विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन । जसका कारण भिडभाड बढी हुने गरेको छ । यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ । विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको छ । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । यात्रु कक्षमा पनि असाध्यै भिड हुने गरेको छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #hawai udan

तपाईको कमेन्ट लेख्नुहोस्