Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
KhojPatrika

बजार अनुगमनमा किन हुन्छ भागाभाग


काठमाडौं १४ असोज । दशैं तिहार छठ पर्वमा अत्याधिक ब्यापार हुने भएकोले काठमाडौं उपत्यका लगायत देशभर यतिबेला अनुगमनले तिब्रता पाएको छ । दैनिक उपभोग्य सामग्रीदेखि लत्ता कपडा पसलसम्म निक्कै ठुलो भिडभाड छ । त्यहि भिडभाडमा उपभोक्ता ठगिने हुँदा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीमा अनुगमनलाई तिब्रता दिएको छ । तर, जव बजार अनुगमन सुरु हुन्छ अनि ब्यापारी र अनुगमनकर्ता बीच लुकामारी चल्छ । त्यसको पछिल्लो उदाहरण हो गोगंबु क्षेत्र । आइतबार दिउँसो साढे एक बज्दै थियो । अनुगमन टोली  गोगंबु क्षेत्रमा पुग्यो । सुरुमा टोली बिग मार्ट सपथ मुल्य पसलमा प्रबेश ग¥यो । पसलमा खाद्य सामग्रीको अवस्था सामान्य भएपनि तरकारी तथा फलफुल कुहिएको भेटियो । जसलाई अनुगमन टोलीले नष्ट ग¥यो । अनुगमन टोली बिग मार्ट पसलपछि बसपार्क नजिकै रहेको बिजि मलमा प्रबेश ग¥यो । तर, बिजि मलमा प्रबेश गर्ने बित्तीकै पसल धमाधम बन्द गर्न थाले । सटर बन्द गदै ब्यवसायी भाग्न थालेपछि अनुगमन टोलीले उपभोक्ता सरक्षण ऐन २०७५ अनुसार अनुगमनमा असहयोग गरेको भन्दै २० हजार जरीवाना सहित २४ घण्टाभित्र विभागमा कागजात सहित उपस्थित हुन निर्देशन सहित पसलमा सुचना टास ग¥यो । बन्द गरिएका केही पसल त जरिवाना गर्ने थाहा पाएपछि पुनः खुलेका थिए । मलमै रहेका जुता तथा फेन्सी पसलमा अनुगमन ग¥यो ।  अनुगमनकै क्रममा जुता पसलका ब्यवसायीले विल विजक र जुत्तामा मुल्य नराखेको भेटपछि पसललाई २ लाख जरिवाना समेत ग¥यो । मलमा सञ्चालित केही पसलहरुले मुल्य सुची नराखिएको, बार्गेनिङकै भरमा किनबेच गर्नेलाई सचेत र जरिवाना गरेको छ । अनुगमन ब्यापार ब्यवसायीलाई हत्तोउत्साही गराउन होइन, नियम अनुसार सञ्चालित छन् या छैनन् उपभोक्तालाई कस्तो सेवा दिइरहेका छन् जसका लागि हो । तर, हरेक अनुगमनमा ब्यवसायी र अनुगमनटोली बीच किन लुकामारी चलिरहन्छ । केही दिन अघि दरबारमार्ग क्षेत्र र न्युरोडको रञ्जना कम्लेक्समा समेत भागाभाग र अवरोध भएको थियो । बजार अनुगमनका क्रममा ब्यवसायी भागभाग गर्नुले पक्कै पनि कुनै न कुनै कमजोरी छ भन्न गाह्रो छैन् ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #bazar anugaman

तपाईको कमेन्ट लेख्नुहोस्