जीप अरुण नदीमा खस्यो, एकैपरिवारका तीनसहित ६ जना वेपत्ता
काठमाडौं १ असोज । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जीप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका हुन्। जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाका अनुसार बे’पत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्ष श्रेष्ठ, दुई मिहने बालक समीर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन्। जिपले दुई जना बि’रामी बोकेको थियो। जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ। जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #jip durghatana
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्