पानीमा डुबेर तीन जनाको ज्यान गयो
दाङ २० भदौ । दाङका बिभिन्न ठाउँमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । शुक्रवार विहान ७ बजेको समयमा जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो । त्यस्तै सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । यता, घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादु्र गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #dang
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्