फोहोर नदी किनारमा पखालिने सफा सागसब्जी
काठमाडौं १९ भदौ । राजधानीका पसल तथा फुटपाथमा राखिएका हरियो सागसब्जी किनेर खाँदै हुनुहुन्छ भने अब सोच्नैपर्ने भएको छ । सागसब्जी राम्रोसँग पखाल्नुभएको छैन भने तपाइमाथी संक्रमणको जोखिम बढ्न सक्छ । आखिर सागसब्जी कस्तो ठाउँमा पखालिन्छ त त्यो हेर्दा खानै मन लाग्दैन ।
काठमाडौंको कागेश्वर मनोहरा नगरपालिकामा रहेको मनोहरा खोला । खोला कस्तो बगिरहरहेको छ । खोलामा ढल तथा फोहोर बगिरहेको छ । जसका कारण खोलाको छेउमै जान समेत कठिन पर्छ । तर, यहि खोलाको किनारमा राजधानीमा बिक्री बितरण हुने हरियो सागसब्जी यसरी पखालिन्छ । ताजा ताजा बजारमा ल्याइने सागसब्जी, धनीया, मुला तथा अन्य तरकारी बेलुका र बिहान पखाल्नेहरुको भिड नै लाग्छ । बारीबाट टिपेर चिसो बनाउने तथा हरियो बनाइराख्नका लागि यहि खोलामा किसान तथा ब्यापारी पुग्ने गर्छन् । खोलाको किनारमै यसरी सागसब्जी पखालेको देखेपछि हामी सोही स्थानमा पुग्यौं । तर, क्यामराले दृश्य कैद गर्न नदिएपछि हामीले स्टिङ ग¥यौं । उनीहरु भन्दै थिए राम्रो पानी भए पो तरकारी पखाल्नु । सधैं यहि खोलामा आएर तरकारी पखाल्ने गरेको उनीहरुले सुनाए । खोलामा तरकारी पखालेपछि बजारसम्म ओसार–पसारका लागि गाडी समेत नजिकै आइपुग्छ र यसरी तरकारी गाडीमा राखिन्छ । यो हामीले एउटा उदाहरण मात्रै प्रस्तुत गरेका हौं । मनोहरा खोलामा मात्रै होइन राजधानीमा बिक्री बितरण गर्ने अधिकांश तरकारी नदी तथा खोलामा यसरी नै पखालिन्छ । फोहोर, ढल निकास गरिएका खोला र दुर्गन्धित पानीमा पखालिएका तरकारी बजारमा किन्दा तपाईले घरमा राम्रोसँग नपखाल्दा रोगको संक्रमण बढ्ने खतरा देखिन्छ ।
क्याटेगोरी : खेती किसानी, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #sag
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्