हरिसिद्धि फुटसलले जित्यो दोस्रो लखुर खुल्ला फुटसल
ललितपुर १९ भदौ । हरिसिद्धि फुटसलले दोस्रो लखुर खुला फुटसल प्रतियोगिता आफनो पोल्टामा पारेको छ । ललितपुर महानगरपालिका–२९ मा रहेको लखुर फुटसलले आयोजना गरेको खुला फुटसल प्रतियोगिता फेया एफसीलाई ४–१ ले पछि पार्दे हरिसिद्धिले उपाधि आफनो पोल्टामा हात पारेको हो । फेया एफसीले उपबिजेतामा चित्त बुझायो । खेलकुदको विकास साथै नयाँ पुस्तालाई खेलकुदमा आकर्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको संयोजक उमेश महर्जनले बताए । कार्यक्रममा विजेता र उपविजेतालाई नगद ५० हजार र २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश ३ का सासंद राजकाजी महर्जन , वडा नम्बर २८ का वडा अध्यक्ष राजेश महर्जन लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको हरिसिद्धी भवानी सप्लार्यसले प्रायोजक र सह–प्रायोजक भगवती स्पोर्टश कुमारी पाटीले गरेको थियो । यस्तै, सिद्धी विनायक इटा उद्योग , कुमारी हार्डवेयर , होशना चिम्नी उद्योग लगायतले सहयोग गरेका थिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #harisiddi
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्