किन बढिरहेछ सडक दुर्घटना
काठमाडौं १२ भदौ । जल मार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । तर पछिल्लो समय सडक दुर्घटनाका घर्टना बढेको छ । बुधबार मात्रै जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । ना ४ ख ९३१७ नंको बस बिहान साढे ३ बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मृत्यु भएको हो । त्यस्तै २७ यात्रु घाइते छन् । यो त पछिल्लो उदाहरण मात्रै हो । यस्ता दुर्घटना दैनिकजसो हुने गरेका छन् । ट्राफिक प्रहरी सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय हो । तर, प्रभावकारी भूमिका देखिएको छैन ।
तपाई लामो दुरीको सडक यात्रा गर्दै हुनुहुन्छ भने त्रास हुन सक्छ । पछिल्लो समय नेपालमा लामो दुरीको यात्रा सडक दुर्घटना बढिरहेको छ । र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । सडक र सवारी सुरक्षित बनाउन सरकार असफल भएको छ भन्दा फरक नपर्ला ।
नीतिगत रुपमा नै सडक यात्रा सुरक्षित बनाउनका लागि सरकारले सहयोग नगरेको ट्राफिक प्रहरीको गुनासो छ । लामो दुरीको यात्रा गराउन एउटै सवारी साधानमा दुई जना चालक राख्नुपर्ने नियम छ । यस्ता धेरै नियम बनेका छन्, जसको पालना भयो भने दुर्घटना न्युनिकरण हुन सक्छ । तर नियम कार्यान्वयन गराउने पक्ष र पालना गर्ने दुवै पक्ष गैरजिम्मेवार देखिन्छन् । तर यातायात व्यवसायी भने नियम पालना गर्नका लागि सरकारले सहयोग नगरेको आरोप लगाउँछन् । पर्याप्त चालक नहुँदा एउटै सवारी सधानमा दुई जना राख्न नसकिएको बताउँदै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले चालकको व्यवस्था गरिदिनुपर्ने बताउछन् । त्यसो त यातायात व्यवसायीले सेवाभन्दा बढि व्यापारलाई नै प्राथमिकता दिएको आरोप लाग्दै आएको छ । पैसा धेरै कमाउनका लागि क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रुपमा सवारी साधनको परीक्षण नगराउने प्रवृत्ति छ । अन्य धेरै ट्राफिक नियम उल्लङ्घन भइरहेको छ । यस्तै कारणले यात्रु जोखिममा छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #bas durghatana
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्