पर्यटन बर्ष २०२० मा केन्द्रित हुने मन्त्री भट्टराई दाबी

काठमाडौं १० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागी पूर्वाधारको विकासमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितिको चौथौ बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उहाले बिमानस्थल निर्माण देखि अन्य आयोजना निर्माणमा प्रधानमन्त्री कार्यालयबाट निगरानी भइरहेको र प्रधानमन्त्रीले पनि पूर्वाधार निर्माणमा चासो देखाएको बताएका हुन् । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माणले गति लिएको भन्दै उहाले आउने डिसेम्वरमा बिमानस्थलको सबै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यस्तै, अन्य स्थानका बिमानस्थलबाट पनि छिटै रात्रीकालिन उडान गरिने तयारी भइरहेको उहाले जानकारी दिए । उनले प्रदेश स्थानीय संघ तथा नीति क्षेत्रबाट पनि २०२० को लक्ष्यलाई भेट्न तिव्र रुपमा तयारी गर्नुपर्ने बताए । मन्त्री भट्टराईले नीजि क्षेत्रलाई पनि प्रोत्साहन गर्दै नेपाल भ्रमण बर्ष २०२० को तयारीलाई तिव्रता दिइएको जानकारी दिए । बैठकमा मूल आयोजक समिति सदस्यका साथै बिभिन्न प्रदेशका मुख्यमन्त्री, महानगरपालीका, नगरपालीका, स्थानीय तहका प्रतिनिधि लगाएत नीजि क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, समाचार
ट्याग : #yogesha
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्