सुनको मूल्य तोलाको झण्डै ७४ हजार
काठमाडौं ९ भदौ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँ पुगेको हो । आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मुल्य बढेको बढ्ढै भएपछि कारोबारमा भने गिरावट भएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #sun
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्