गलत सूचना प्रवाह गर्ने अभियानविरुद्ध चीनसंगै फेसबुक र ट्वीटर पनि सक्रिय

काठमाडौं ३ भदौं । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले चीन सरकारको सहयोगमा गलत सूचना प्रवाह गर्ने अभियानविरुद्ध काम गर्न थालेका छन् । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित गर्न फेसबुक र ट्वीटर पनि यो अभियानमा लागेका हुन् । गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु ट्वीटर र फेसबुकले डिलिट गर्ने अभियान चलाएका छन् । यसबाट हङकङको राजनीतिक अवस्थाबारे गलत सूचना रोक्न सकिने उनीहरुको विश्वास छ । ट्वीटरले ९ सय ३६ वटा एकाउन्ट खारेज गरेको छ । ती एकाउन्टहरु चीनबाट सञ्चालित रहेको र त्यसमार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको छ । फेसबुकले पनि सातवटा पेज, तीनवटा ग्रुप र पाँचवटा एकाउन्ट ‘रिमुभ’ गरेको जनाएको छ । यस्ता गतिविधिमा संलग्नहरुले आफ्नो पहिचान लुकाउन चाहेको भए पनि आफूहरुको अनुसन्धानले उनीहरु चीन सरकारसँग सम्बन्धित रहेको खुलेको जनाइएको छ । ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेजा या ग्रुुरुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #facebook
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्