Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

किन गरे यस्तो पूर्वयुवराज पारसले


पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन् । आइतबार त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा ड्युटीमा खटिएका प्रहरीको कठालो समातेपछि शाह फेरि विवादमा तानिएका हुन । पूर्वरानी कोमल शाहलाई विदाई गर्न विमानस्थल पुगेका शाहले सुरक्षामा खटिएका प्रहरीको कठालो समाउदै पटक–पटक औला ते¥याएपछि उनीको तीब्र आलोचना भएको छ । छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंहलाई सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक ईश्वर खत्रीले रोक्न खोजेपछि शाहले हातपात गरे । पछिल्लो समय पूर्वयुवराज शाह धार्मिक एंवम् सामाजिक कार्यमा समेत लागेका कारण बिबादित बनेका थिएनन् । तर, जनताको मन जित्न उनले गरेको कार्य धेरैले सकरात्मक रुपमा पनि लिएका थिए । तर, बिमानस्थलमा सुरक्षाकर्मीलाई देखाएको ब्यवहारले फेरि शाह बिबादित बनेका छन् । उनीमाथी तत्काल कारवाही गर्न समेत सामाजिक सञ्जाल मार्फत बिभिन्न ब्यक्तीले माग गरेका छन् । हुन त पारस शाहले देखाएको यो पहिलो ब्यवहार भने होइन बिगतमा पनि बिभिन्न घटनामा सामेल भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले समेत चित्त दुखाएका थिए ।
पटक–पटक बिभिन्न बिषयमा बिवादमा तानिदा राजपरिवारमा समेत खैलाबैला भएको थियो ।
कस्ता–कस्ता बिषयमा बिबादित बने त पूर्वयुवराज पारस शाह ।
१.२०५७ साउन २२ गते पारस शाहले चलाएको कारको ठक्करबाट गायक प्रवीण गुरुङको मृत्यु ।
२. २०६७ मंसिर २५ मा चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीमाथि हवाई फायर ।
३.२०६८ जेठ शाहले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहमाथी कुटपिट ।
४.२०६१ साउन तत्कालीन राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा आयोजित भोजमा हवाई फायर । एभरेस्ट होटलको ग्यालेक्सी डिस्कोमा पनि हवाई फायर
५.दरबारमार्गस्थित क्लब डाइनेस्टीमा बाउन्सरसँगको विवादमा हवाई फायर ।
६ सिंगापुर र थाइल्यान्डमा शाह लागूऔषधसहित पक्राउ । थाइल्यान्डमै थाई युवतीसँगको प्रेम सम्बन्धका कारण विवादमा ।
७. श्रीमती हिमानी शाहसँगको सम्बन्धका बिषयमा पटक–पटक बिबादमा
८. २०७५ जेठ ३० गते तीब्र रुपमा गाडी चलाएपछि ट्राफिक कारवाहीमा
यी र यस्ता घटनामा संलग्नता रहेको भन्दै पटक–पटक आलोचनाका पात्र बनिरहेका छन् पूर्वयुवराज पारस शाह । सुरक्षामा खटिएका प्रहरीमाथी नै धरपकड गरेपछि यतिबेला कारवाहीको माग भइरहेको छ । प्रहरीले सामान्य घटना भएको दाबी गरिरहदा शाहले गरेको यो दृश्यले भने पक्कै पनि अझै उनीमाथी रहेको राजपरिवारको दम्भ हराएको छैन् भन्ने प्रष्ट देखिन्छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #paras shah

तपाईको कमेन्ट लेख्नुहोस्