मदन पुरस्कार रणहारलाई, जगदम्बाश्री बैरागी काइँलालाई
काठमाडौं १ भदौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लेखक योगेश राजलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ । बैरागी काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । दुबै पुरस्कारको राशी ४–४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । असोज १२ गते पुरस्कार वितरण गरिने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #manda puruskar
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्