प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दे
काठमाडौं १ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकार तथा मन्त्रिपरिषद्का कामकारवाहीलाई लिएर सांसदहरुले उठाएको प्रश्नको उत्तर दिन प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसदको आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम बनेको हो । यसैबीच आजको संघीय संसदको बैठकमा विभिन्न विधेयक एवं संसदीय समितिका प्रतिवेदन पेश गरिने कार्यक्रम रहेको छ । आजकै बैठकमा गत असारमा आएको अविरल वर्षा र त्यसले देशभर पुर्याएको क्षति तथा राहत सम्बन्धि अनुगमन प्रतिवेदन पनि पेश गरिने कार्यसूचि रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #pm oli
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्