रहेनन् साहित्यकार मदनमणि दिक्षित
वरिष्ठ पत्रकार एवं साहित्यकार मनदमणि दीक्षितको निधन भएको छ । नेपाली साहित्य र पुर्वीय दर्शन तथा राजनीतिक परिर्वतनमा विशेष योगदान पुर्याएका दीक्षितको विहिबार बिहान ९७ बर्षको उमेरमा निधन भएको हो । नेपाली पत्रकारिता र साहित्य तथा राजनीतिक परिर्वतनमा अतुलनिय योगदान दिएका स्वर्गीय दीक्षितका माधवी , ग्यास च्याम्बरको मृत्यु, द्रौपती, अहिल्या लगायत झण्डै चार दर्जन कृति छन् । उहा मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मानबाट पनि सम्मानित हुनुभएको थियो । दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । दीक्षितको विक्रम सम्बत १९ सय ७९ फागुन ६ गते काठमाण्डौको गैरीधारामा जन्म भएको थियो । मृत्यु पछि प्रज्ञा प्रतिष्ठानमा नराखी आफ्नै घरको आँगनमा राख्ने उहाँको चाहाना अनुसार उहाँलाई निवास भवनमै राखि अन्तिम श्रद्धाञ्जलील दिने व्यवस्था मिलाईएको थियो । दलका नेता, समाजसेवी, साहित्यकार लगायतका शुभचिन्तकहरुले दीक्षित निवासमै पुगेर उहाँलाई अन्तिम श्रद्धाञ्जली दिई सम्मान व्यक्त गरेका छन् । श्रम मन्त्री गोकर्ण विष्टले दीक्षित राज्यका सथौ सम्पुर्ण देशबासीले सम्झनुपर्ने व्यक्तिव भएको उल्लेख गर्दै राज्यको तर्फबाट सम्मान व्यक्त गरिने बताए । पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन दीक्षित निवास पुगेका शुभचिन्तकहरुले उनले नेपाली साहित्य, पत्रकारिता, राजनीति लगायत क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरेका छन् । २००७ साल अघिको जहानीयाँ राणा शासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय दीक्षितले खेल्नुभएको भुमिका इतिहासमा सधै सधै स्मरणयोग्य रहदै आएको छ । स्वर्गीय दीक्षितका एक श्रीमती, तीन छोरा र एक छोरी छन् ।
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #madanmani
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्