साउनको अन्तिम सोमबार, पशुपति लगायत शिबालयमा भिड
काठमाडौं २७ साउन । साउन महिनाको चौथो तथा अन्तिम सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिन भगवान् शिवको आराधना एवम दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । सोही मान्यता अनुसार साउन महिनाको हरेक सोमबार भक्तजनले ब्रत बसी भगवान शिवाको पूजाआजा गर्ने गर्दछन् । पशुपति दर्शनका लागि आज पनि बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगतका जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलबम मेला लागेको छ । देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #saune sombar
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्