बैंकलाई कडाई गर्दे नेपाल राष्ट्र बैंक

काठमाडौं २६ साउन । नेपाल राष्ट्र बैंकले एक पछि अर्को गर्दै वैंकिङ क्षेत्रलाई कडाई गर्दै गएपछि बैंकर्सहरुको असन्तुष्टि चुलिँदै गएको छ । बैंकहरुले निक्षेप र लगानीको अन्तर दर फराकिलो राखेर अत्याधिक मूनाफा कमाएको भन्ने आरोप खेपिरहेका बेला केन्द्रिय बैंकले बैंकहरुको आम्दानीमै कडाई गर्न सुरु गरेपछि बैंकर्सहरुको अषन्तुष्टि चुलिएको हो । यता मेघा मर्जरलाई प्रोत्साहन गर्न थालेपछि विकास बैंक र फाईनान्स कम्पनीहरु खरिद प्रक्रियामा सामेल हुन थालेपछि मासिएर जाने चिन्ता पनि व्यक्त गर्न थालिएको छ । हाल बैंकहरुको निक्षेप र कर्जाको स्प्रिड दर ५.५६ प्रतिशत रहेको छ । बैंकहरुले कर्जा लगानी गर्दा १२.२ प्रतिशतको सिमाभित्र रहेर लगानी गर्न गरेका छन् । यस्तै, निक्षेप संकलन गर्दा ६.६४ प्रतिशत ब्याज दिनुपर्ने सिमा छ । तर, राष्ट्र बैंकले यो सिमालाई आगामी २०७७ असार मसान्त भित्र घटाएर ४.४ प्रतिशतमा झार्न बाणिज्य बैंकहरुलाई निर्देशन दिइसकेको छ । यस्तो नयाँ स्प्रेड गणना विधिले बाणिज्य बैंकहरुको मुनाफामा १.१६ प्रतिशतले कमि आउदा ३० अर्ब घाटा लाग्ने भएको छ । १५ लाखसम्मको कर्जामा कुनै सेवा शुल्क लिन नपाउने प्रावधानप्रति पनि असन्तुष्टि जनाइएको छ । नेपाल राष्ट्र बैँकले मौद्रिक नीतिमा गरेको यस्ता व्यवस्थाप्रति बैँकहले आपत्ती जनाए पनि बैंकहरुको स्थायित्वमा असर नपार्ने विज्ञहरुको दाबी छ । राष्ट्रबैँकले मेघा मर्जरलाई प्रोत्साहन गर्दै मौद्रिक नीतिमा विभिन्न अफरसमेत ल्याएको थियो । नीति राम्रै भए पनि मेघा मर्जरले दिर्घकालिन रुपमा पार्ने असरबारे भने राष्ट्र बँेक स्पष्ट नभएको बैँकर्सहरुले बताएका छन् । मर्जरका कारण विकास बैंक र फाईनान्सहरु बढी मर्जर र एक्विजसन –खरिद प्रक्रियामा जाँदा विकास बैंक र फाईनान्स मासिदै गई निजी स्तरका बाणिज्य बैंकहरुमात्रै हावी हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा बताउनु हुन्छ ।बैंक तथा वित्तिय संस्थाहरु मेघा मर्जरमा जाँदा बैंकहरु शहर केन्द्रिकृत हुने र गाउँ गाउमा बैंकहरुको सेवा नपुग्ने सम्भावना पनि उत्तिकै रहने विज्ञहरुको तर्क छ । तथापि, राष्ट्र बैंकले फोर्स मर्जरमा बढी जोड दिर्दै आएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #nepal bank
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्