पहिरोले घर पुरिँदा बागलुङमा तीन जनाको मृत्यु
बागलुङ २० साउन । जिल्लाको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । अविरल वर्षापछि आइतबार राति १ बजे तिर आएको पहिरोले लामेलामा घर पुरिँदा स्थानीय ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पालीको ज्यान गएको हो । पहिरोले अन्य ९ वटा घरमा क्षति पर्याएको छ । पहिरोमा पुरिएका ७ जनाको स्थानीय र प्रहरीले उद्धार गरेको र घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #pahiro
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्