कक्षा १२ को नतिजा सार्वजनिक, ३.६१.४ जीपिए ल्याउने ३०६७

काठमाडौं १३ साउन । कक्षा १२ को नतिजा सोमबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परिक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। ३.६१ देखि ४ जीपिए प्राप्त गर्ने ३ हजार ६७, ३.२१ देखि ३.६० जीपीए ल्याउने १६ हजार २ सय ४ विधार्थी छन् भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । ५६ हजार पाँच सय ३ विधार्थीले २.४१ देखि २.८० सम्म जीपीए ल्याएका छन् भने २।०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार २ सय २७ रहेको छ। १.६१ देखि २.०० जीपीएसम्म ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १९ हजार विधार्थीले १।२१ देखि १.१६ जिपीएसम्म ल्याएका छन्। ०.८१ देखि १।२० ल्याउने विधार्थीको संख्या ३ हजार ५ सय २४ रहेको छ । ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ छन्।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #12 exam
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्