हङकङमा प्रदर्शनकारीमाथि अश्रु ग्यास र रबरका गोली प्रहार, थुप्रै घाइते
काठमाडौं १३ साउन । हङकङमा प्रदर्शनको दोस्रोे दिन पनि प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको छ । सुपुदर्ग विधेयक खारेजी र लोकतन्त्रको माग गर्दै आन्दोलनमा उत्रिएका हजारौं प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएको थियो । प्रहरीले पानीका फोहरा, अश्रु ग्यास र रबरका गोलीसमेत बर्षाएपछि प्रदर्शनकारीपनि प्रहरीमाथि जाइलागेका थिए । हङकङको चिनियाँ सरकारी कार्यालय अघि भएको भडपमा थुप्रै प्रदर्शनकारी घाइते भएको जनाइएको छ । लगातार आठ हप्तादेखि जारी आन्दोलन झनझन चर्किदै गएपछि चीनका लागि पनि टाउको दुखाइ बनेको छ । अधिकांश प्रदर्शनकारीले हेल्मेट लगाएका थिए भने उनीहरुले स्वतन्त्र हङकङको ब्यानर बोकेका थिए । प्रदर्शनका आपराधिक समूह पनि मिसिएको आशंका गरिएको छ । यसले संसारकै सुरक्षित शहरमा रुपमा चिनिएको हङकङको सुरक्षा चुनौती थप बढेको विश्लेषण गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #Hong Kong
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्