युरोपा लिगको उपाधि चेल्सीले जित्यो

काठमाडौं १६ जेठ । युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा अर्को लण्डन क्लब आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले उपाधि जितेको हो । अजरबैजानको बाकुमा भएको लण्डन डर्बीमा चेल्सीको जितमा इडन हजार्डले दुई गोल गरेका थिए । यस्तै, ओलिभर जिरउड र पेड्रोले एक एक गोल गरे । आर्सनलका लागि एलेक्स इवोबीले एक गोल फर्काएका थिए । पहिलो हाफमा गोल रहित रहेको खेलमा सबै गोल दोस्रो हाफमा भएको हो । ४९ औँ मिनेटमा जिरउडको गोलबाट चेल्सीले अग्रता लियो । ६० औँ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा हजार्डले गोल गरेपछि चेल्सीको अग्रता ३–० मा पुगेको थियो । ६९ औँ मिनेटमा इवोबीले आर्सनलका लागि एक गोल फर्काए । ७२ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको ४–१ को जित निश्चित गरेका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्