खैरो ब्राउन सुगर सहित एक जना पक्राउ
शिवु खनाल
दाङ ८ जेठ । दाङ लमहीमा ७ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका ५ रातोडाडा निवासी ३० बर्षिय चुर्णसिंह ठकुरी ब्राउन सुगर सहित पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले अर्जुनखोलाबाट पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । नेपालगन्जबाट ब्राउन सुगर ल्याएर आउँदै गरेको सूचनाको आधारमा ठकुरी पक्राउ गरिएको हो । अदालत बाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्