७५ जना पुगे बिश्वको सर्बोच्च शिखर सगरमाथामा
काठमाडौं ६ जेठ । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा यसबर्ष ७५ जनाले सफल आरोहण गरेका छन्। आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जानकारी दिएको छ । सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुन सकेको थिएन । धेरै आरोही सगरमाथाको क्याम २ भन्दामाथि भएको र सबै आरोहीमाथि सगरमाथाको चुचुरोतिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ। वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो।आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनी २४ औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ फेरि जाने तयारी भइरहेको छ । विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन। अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन्। सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्। विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन्। यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन्। यस याममा हिमाल आरोहणबाट करीब रु५० करोड सलामी दस्तुर जम्मा भएको छ।यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, समाचार
ट्याग : #sagarmatha
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्