काठमाडौको टोखामा गोली चल्यो, डाँका काले पक्राउ
काठमाडौं ६ जेठ । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका एक डाँकालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । टोखाबाट काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । चोरी डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । सिन्धुपाल्चोकको मेलम्चीका तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल बसेका थिए । जेलबाट छुटेपछि उनले सात ठाउँमा चोरी डकैती गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #goli chalyo
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्