Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

आइपिएलमा धोनी बिनाको खेलमा हार्‍यो चेन्नई


काठमाडौं ५ बैशाख । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स पराजित भएको छ । कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिइएको खेलमा चेन्नई सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएको हो । चेन्नईले प्रस्तुत गरेको १३३ रनको लक्ष्य घरेलु टोली हैदराबादले १६ ओभर पाँच बलमा चार विकेटको क्षतिमा भेट्टायो । हैदराबादका लागि जोनी बेयरस्टोले ४४ बलमा नटआउट ६१ तथा डेविड वार्नरले २५ बलमा ५० रन बनाए । चेन्नईका इमरान ताहिरले दुई विकेट लिए । फिटनेशका कारण धोनीलाई आराम दिइएको खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । उसका लागि फाप डु प्लेसिसले ३१ बलमा ४५ तथा शेन वाट्सनले २९ बलमा ३१ रन बनाएका थिए । हैदराबादका रशिद खानले दुई विकेट लिएका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel

तपाईको कमेन्ट लेख्नुहोस्