आइपिएलमा धोनी बिनाको खेलमा हार्यो चेन्नई
काठमाडौं ५ बैशाख । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स पराजित भएको छ । कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिइएको खेलमा चेन्नई सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएको हो । चेन्नईले प्रस्तुत गरेको १३३ रनको लक्ष्य घरेलु टोली हैदराबादले १६ ओभर पाँच बलमा चार विकेटको क्षतिमा भेट्टायो । हैदराबादका लागि जोनी बेयरस्टोले ४४ बलमा नटआउट ६१ तथा डेविड वार्नरले २५ बलमा ५० रन बनाए । चेन्नईका इमरान ताहिरले दुई विकेट लिए । फिटनेशका कारण धोनीलाई आराम दिइएको खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । उसका लागि फाप डु प्लेसिसले ३१ बलमा ४५ तथा शेन वाट्सनले २९ बलमा ३१ रन बनाएका थिए । हैदराबादका रशिद खानले दुई विकेट लिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्