अनुदानको गहुँको बिउँले किसान हर्षित

शिवु खनाल
दाङ, २४ चैत्र । जिल्लाको लमही नगरपालिका २ केरुनीयाका छेदु चौधरी यतिबेला मख्ख छन् । विगतमा स्थानिय जातको गहुँ लगाउँदै आएका चौधरीले अहिले खेतमा लमही नगरपालिका कृषि विकास उप शाखाले अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँ राम्रो उत्पादन हुने भएपछि मख्ख परेका हुन् । उनले ५ कठ्ठा जग्गामा गहुँ खेती गरेका छन् । यस्तै लमही नगरपालिका २ सोनपुरका गुजारीलाल चौधरी पनि उत्पादन वृद्धि हुनेमा ढुक्क देखिन्छन् । नगरपालिका कृषि विकास उप शाखाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँको बिउ लगाएका उनि पनि यसवर्ष उत्पादन हुनेमा आशावादी छन् । साढे ६ कठ्ठा जग्गामा गहुँ लगाएका उनको खेतमा लहलाउँदो गहुँका बाला झुलिरहेको छ । नगरपालिकाले गहुँमा किसानहरु लाई आकर्षित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ लमही नगरपालिका अन्र्तगत व्यवसायिक किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ उपलब्ध गराएको नगर प्रमुख कुलबहादुर केसीले बताए । केसीले लमही नगरपालिका अन्र्तगत व्यवसायिक किसानहरुलाई आयआर्जनको लागि विभिन्न सिपमुलक तालिम सञ्चालन गरेको जानकारी दिए । लमही नगरपालिका कृषि विकास उप शाखा प्रविधिक गंगा चौधरीले नगरपालिकाले ४६ कुन्टल गहुँको बिउ उपलब्ध गराएको बताइन । नगरले हरितक्रान्ति कृषि सहकारी संस्था बापत किसानलाई अनुदानमा विउ उपलब्ध गराएको थियो ।
क्याटेगोरी : अर्थ, खेती किसानी, समाचार
ट्याग : #ghahu
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्