युभेन्ट्स उपाधिको नजिक छन् रोनाल्डो
काठमाडौं २० । ईटालियन सिरि ए फुटबलको पछिल्लो खेलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा उसले काग्लीयारीलाई २–० गोल अन्तरले हराएको हो । पछिल्लो जितले युभेन्ट्सले दोस्रो स्थानको नापोलीसंग तालिकामा १८ अंकको अग्रता लिएको छ । उसलाई लिग उपाधिका लागि मात्र १० अंकको आवश्यकता छ । २२ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । मोईस केनले ८५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । तर युभेन्ट्सको जित रंगभेदी ब्यवहारको कारण छायाँमा प¥यो । दोस्रो गोल गरेका केननै त्यसको सिकार बने । गोल लगत्तै उनले मनाएको सेलिब्रेसन विवादमा परेको थियो । शीर्ष स्थानको युभेन्ट्सले ३० खेलबाट ८१ अंक जोडेको छ । काग्लीयारी ३३ अंक सहित १३ औ स्थानमा छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्