आज विश्व कविता दिवस मनाईँदै
काठमाडौं ७ चैत । विश्व कविता दिवस आज विभिन्न कार्यक्रम गरि मनाईंदै छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । कविताले मानिसको वाक स्वतन्त्रतालाई बल र्पुयाउने भएकाले समृद्ध समाजका लागि निकै महत्वपूर्ण रहेको युनेस्कोले जनाएको छ । कविता संवादको शक्तिशाली माध्यम रहेको र यसले समुदाय एवम् व्यक्तिबिच विश्वासको सम्बन्ध बिस्तारका लागि सहयोग गर्ने युनेस्कोकी महानिर्देशक ओड्रेया जुलेले बताएकी छन् । कवितामा गरिने प्रस्तुतिले अभिव्यक्तिको अनेक ढोका खोल्ने र यसले सहकार्य तथा समन्वयका लागि वार्ताको वातावरण बनाउने गरेको युनेस्कोले जनाएको छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ । जुन भाषामा लेखिएको भए पनि कविताले समेट्ने भनेको मानवीय संवेदना, साझा प्रश्न, साझा भावना रहेको युनेस्कोको भनाई छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ । कविताको आधार मौखिक रुपमा पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएको कलात्मक प्रस्तुतिसँग जोडिएको छ । दिवसले यो सँस्कृतिलाई सहयोग पुर्याउने अपेक्षा पनि गरिएको छ । नेपालमा पनि दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठीको आयोजना गरेको छ भने भक्तपुरमा विशेष कार्यक्रम हुँदैछ ।
क्याटेगोरी : कला र मनोरञ्जन, समाचार, साहित्य
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्