फेसबुकमा ठूलो समस्या
काठमाडौ ३० फागुन । सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या आएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम नगरेको पाइएको छ । बुधबाररातिदेखि फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । केही क्षेत्रको समस्या समाधान भएको छ । तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् । फेसबुकले समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने जानकारी दिएको छ । फेसबुकको एप्लिकेशन प्रयोगमा समस्या भएको देखिएको छ । सुरुमा केही फेसबुक प्रयोगकर्ताले समस्या बारे जानकारी दिएका थिए । त्यसपछि समस्या बिस्तारै अधिकांश प्रयोगकर्तामा फैलिएको हो । यसअघि सन् २००८ मा यस्तै समस्या देखिएको थियो र त्यो बेला फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए । अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन् । समस्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन । फेसबुक र इन्स्टाग्राम डाउन भएपछि धेरै ट्वीटर तर्फ मोडिएका छन् र उनीहरुले मजाक गरिरहेका छन् । अहिले ट्वीटरमा ह्यासट्याग फेसबुक डाउन र ह्यासट्याग इन्स्टाग्राम डाउन प्रयोग गरि पोस्ट भइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्