शिक्षकको आन्दोलनमा अश्रुग्यास प्रहार
काठमाडौं २० फागुन । निरन्तर आन्दोलन गरिरहेका राहत शिक्षकलाई प्रहरीले वानेश्वरमा अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनरत राहत शिक्षकलाई सुरुमा पानीको फोहोरले तितरबितर पार्न खोजेपनि निषेधित क्षेत्र तोडेर जान खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्यो ।
अश्रुग्यास र पानीको फोहोराले केही शिक्षक घाइते भएका छन् भने एकजना बेहोस भएका थिए । सोमबार माइतीघरबाट सुरु भएको शिक्षकको जुलुस बानेश्वर पुगेको थियो। प्रहरीले रोक्ने र शिक्षकहरुले तोडेर जाने क्रममा धकेलाधकेल समेत भएको थियो । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै उनीहरु आक्रोशित छन्। आइतबार पानीको फोहोराले शिक्षकलाई तितरबितर बनाइएको थियो । उनीहरुले आफ्नो आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै मंगलबार देशभरका सामुदायिक बिद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा जारी विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्