आइतबार पनि पानी पर्ने

काठमाडौं । देशभर आइतबार पनि मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद सुवास रिमालले देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको जानकारी दिए । उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए । उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको उनले बताए । सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्