अमेरिकी राष्ट्रपति ‘ट्रम्प पछिल्लो समयका खतरनाक

न्युयोर्कको ब्रुकलिनमा भएको कार्यक्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै पछिल्लो समय खतरनाकको संज्ञा दिएका छन् । अमेरिकी सिनेटर बर्नी सान्डर्सले सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि आफ्ना उम्मेदवारीको अभियान सुरु गरेका छन् । सान्डर्सले राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको औपचारक अभियान गरेका हुन् ।
सान्डर्सले ट्रम्प अमेरिकाको पछिल्लो इतिहासका सबैभन्दा खतरनाक राष्ट्रपति रहेको बताए । भर्मोन्टका स्वतन्त्र सिनेटर सान्डर्सले सन् २०१६ को चुनावका लागि डेमोक्र्याटिक पार्टी भित्रको उम्मेदवारी होडमा पछि परेका थिए । डेमोक्र्याटिक पार्टीबाट त्यो बेला सान्डर्स र हिलारी क्लिन्टन उम्मेदवारी होमा थिए र क्लिन्टनले उम्मेदवारी पाइन् । ब्रुकलिनमा भएको कार्यक्रममा सान्डर्सका समर्थकको ठूलो उपस्थिति थियो । डेमोक्र्याटिक पार्टी भित्र अरु १० जनाभन्दा बढीले पनि उम्मेदवारीमा आफ्नो होड प्रस्तुत गरेका छन् । त्यसमध्ये मासाचुसेस्ट्सकी सिनेटर एलिजाबेथ वारेन, न्यु जर्सीका सिनेटर कोरी बूकर तथा टेक्सासको सन एन्टोनिओका मेयर जुलियन क्यास्ट्रो पनि छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्