उपभोक्ताको भान्सा महंगो, कसैलाई किन चिन्ता छैन् ?
यतिबेला अधिकांश उपभोक्ताको भान्सा तरकारी रहित भएको छ । तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर केही दिनदेखी स्थिर रहँदा थुप्रै उपभोक्ताले किन्ने आँट गर्न सकिरहेका छैनन । यो अनुमान होइन्, अहिलेको यथार्थ हो । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाबाट उकालो लागेको छ । यसको मारमा अधिकांश उपभोक्ता परेका छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै चासो देखाएको छैन । बेलामौकामा अधिकारको कुरा गर्ने उपभोक्ता अधिकारकर्मीहरु पनि अहिले कुन दुलोमा छन्, अत्तोपत्तो छैन । मागको तुलनामा केही कम तरकारी आएपनि बजारमा बढिरहेको मुल्य भने अनियन्त्रित र चर्को छ । बाढी पहिरोका कारण अबरुद्ध बाटो खुलेर निकासी सहज भएपनि बजारमा तरकारीको भाउ घट्ने सुरसार छैन । बरु बाढी पहिरोको बहानाबाजीमा मुल्य बढाएर कमाउनेहरु सल्बलाइरहेका छन् । हरेक तरकारीमा नभई नहुने टमाटर प्रतिकिलो एक सय २० माथी छ । बोडी, काउली, घिरौँला लगायतको मुल्य प्रतिकिलो १ सय २० भन्दा माथी छ । कृषकले अझैपनि कृषी उपज र तरकारीको मुल्य नपाएको गुनासो गरिरहेका छन् । कृषक र उपभोक्ता दुबैलाई मारमा पार्ने बिचौलीयाले निर्धारण गर्ने मुल्य नियन्त्रण गर्न बेलामौकामा गरिने सरकारी अनुगमनले आखिर किन रोक्न सकिरहेको छैन । परिणाममुखी अनुगमन गरौँ । बजारमा पुगेर प्रचारबाजी गर्ने अनुगमन हैन ।
क्याटेगोरी : खेती किसानी, जनगुनासो, प्रमुख समाचार, विचार/लेख
ट्याग : #kisan
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्