उपभोक्ताको भान्सा महंगो, कसैलाई किन चिन्ता छैन् ?
यतिबेला अधिकांश उपभोक्ताको भान्सा तरकारी रहित भएको छ । तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर केही दिनदेखी स्थिर रहँदा थुप्रै उपभोक्ताले किन्ने आँट गर्न सकिरहेका छैनन । यो अनुमान होइन्, अहिलेको यथार्थ हो । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाबाट उकालो लागेको छ । यसको मारमा अधिकांश उपभोक्ता परेका छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै चासो देखाएको छैन । बेलामौकामा अधिकारको कुरा गर्ने उपभोक्ता अधिकारकर्मीहरु पनि अहिले कुन दुलोमा छन्, अत्तोपत्तो छैन । मागको तुलनामा केही कम तरकारी आएपनि बजारमा बढिरहेको मुल्य भने अनियन्त्रित र चर्को छ । बाढी पहिरोका कारण अबरुद्ध बाटो खुलेर निकासी सहज भएपनि बजारमा तरकारीको भाउ घट्ने सुरसार छैन । बरु बाढी पहिरोको बहानाबाजीमा मुल्य बढाएर कमाउनेहरु सल्बलाइरहेका छन् । हरेक तरकारीमा नभई नहुने टमाटर प्रतिकिलो एक सय २० माथी छ । बोडी, काउली, घिरौँला लगायतको मुल्य प्रतिकिलो १ सय २० भन्दा माथी छ । कृषकले अझैपनि कृषी उपज र तरकारीको मुल्य नपाएको गुनासो गरिरहेका छन् । कृषक र उपभोक्ता दुबैलाई मारमा पार्ने बिचौलीयाले निर्धारण गर्ने मुल्य नियन्त्रण गर्न बेलामौकामा गरिने सरकारी अनुगमनले आखिर किन रोक्न सकिरहेको छैन । परिणाममुखी अनुगमन गरौँ । बजारमा पुगेर प्रचारबाजी गर्ने अनुगमन हैन ।
क्याटेगोरी : खेती किसानी, जनगुनासो, प्रमुख समाचार, विचार/लेख
ट्याग : #kisan
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्